इतिहास परिवर्तन गर्ने महामारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५०९ पटक पढिएको

सभ्यताको विकास सँगसँगै, शहरहरू निर्माण हुन थाले । एउटा शहर अर्को शहरहरूसँग व्यापार व्यवसायका लागि व्यापार मार्गहरू निर्माण गरियो । सम्भवतः यसकारणले गर्दा महामारी पनि द्रुत गतिमा फैलिन सफल भयो ।

 

संक्रामक रोगहरुको क्षेत्रमा महामारी सबैभन्दा खतरनाक अवस्था हो ।

संक्रमित रोगहरु मानवजातिको शुरुवाती दिनहरुमा पनि नभएका होइनन् । तर १०००० वर्ष अघि कृषि जीवनमा आएको परिवर्तनले, महामारीहरुलाई सम्भव बनाउने समुदायहरु सिर्जना गर्यो । मलेरिया, क्षयरोग, कुष्ठरोग, इन्प्mलूएन्जा, बीबर, चेचक र अन्य रोगहरु यस अवधिमा पहिलो पटक देखा परे ।

आज हामी विश्व इतिहासमा मानव जनसंख्यालाई तहसनहस पार्ने महामारीको बारेमा चर्चा गर्ने छौं ।

इश्वी संवत् ४३०ः एथेन्स

सबैभन्दा पहिले रेकर्ड गरिएको महामारी पेलोप्नेनेसिया युद्धको बेलामा भएको थियो । यो रोगले लिबिया, इथियोपिया र इजिप्टमा पार गरिसकेपछि स्पार्टन्सले घेरा हाल्ने बित्तिकै यसले एथेन्सका पर्खालहरू पार गर्यो । लगभग जनसंख्याको दुई तिहाई मानिसहरू यो रोगले मरेका थिए । यसका लक्षणहरुमा ज्वरो, तिर्खा, घाँटी र जिब्रोमा रगत आउने, रातो छाला र घाउहरु, टाइफाइड ज्वरो हुन् । यो रोगले एथेन्सका मानिसहरूलाई एकदमै कमजोर बनाएकाले स्पार्टान्सहरुले एथेन्सलाई पराजित गर्न निकै सहज भएको थियो ।

सन् १६५ः एन्टोनाइन प्लेग

एन्टोनिन प्लेग सम्भवतः बिफरको शुरुमा देखा पर्यो जुन हुन्सबाट शुरू भयो । त्यसपछि हुन्सहरूले जर्मनहरूलाई संक्रमित गरे जसले रोमनहरूलाई हस्तान्तरण गरे र पछि सैनिकहरूले फर्केर रोमन साम्राज्यभर फैलाए । लक्षणहरुमा ज्वरो, घाँटी दुखाइ, पखाला आदि थिए । यो महामारी सन् १८० ताका देखिएको थियो, र सम्राट मार्कस अरिलियस पनि यसको शिकार भएको दावी गरिन्छ ।

सन् २५०ः साइप्रियन प्लेग

कार्थेजको क्रिश्चियन विशपलाई यो प्लेगले दुख दिएको थियो । यो साइप्रियन प्लेगले पखाला, बान्ता, घाँटीको अल्सर, ज्वरो र गैंगरेनस हात र खुट्टा जस्ता घातक समस्याले ग्रसित तुल्याउँथ्यो । शहरवासीहरू संक्रमणबाट जोगिन अन्य देश तिर भागे तर यो रोग अझ बढी फैलियो । सम्भवतः इथियोपियाबाट शुरू हुँदै यो उत्तरी अफ्रिका हुँदै रोम हुँदै त्यसपछि इजिप्टमा र उत्तर तिर लाग्यो ।

तीन शताब्दी सम्म यो महामारी दोहोरियो । सन् ४४४ मा, यसले बेलाइतलाई नराम्रोसँग थला पार्यो र पिक्ट्स र स्कट्स विरूद्ध प्रतिरक्षा प्रयासमा अवरोध खडा गर्यो, जसले गर्दा ब्रिटिशले चाँडै नै यस टापुलाई नियन्त्रण गर्ने स्याक्शनको सहयोग लिने प्रयास गरे ।

सन् ५४१ः जस्टिनियन प्लेग

पहिले इजिप्टमा देखापरे सँगै, जस्टिनियन प्लेग प्यालेस्टाइन र बाइजान्टिन साम्राज्य हुँदै भूमध्यसागरमा फैलियो ।

यो रोग पछिल्ला दुई शताब्दीको पुनरावृत्तिले अन्ततः करीव ५ करोड मानिस मार्यो । यो विश्व जनसंख्याको २६ प्रतिशत थियो । यो बुबोनिक प्लेगको पहिलो महत्वपूर्ण उपस्थिति हो भन्ने विश्वास गरिन्छ । यो रोगले लिम्फेटिक ग्रन्थीलाई सुन्याउँथ्यो । यो रोग मानिसमा मुसा र पिसारबाट पैmलिएको थियो ।

१ औं शताब्दीः लेप्रोसी (कुष्ठ रोग)

यद्यपि यो रोग युगौं अगाडि देखि थियो, मध्य युगमा कुष्ठ रोग महामारीको रूपमा फैलियो, जसको परिणामस्वरूप धेरै कुष्ठरोगी केन्द्रित अस्पतालहरू पनि निर्माण भए ।

कुष्ठरोग परमेश्वरको श्राप वा दण्ड हो भन्ने विश्वास गरिन्थ्यो । यस विश्वासले पीडितहरुलाई नैतिक र सामाजिक रुपले बहिष्कृत गरिन्थ्यो । अहिले यो रोग हेन्सेन रोगको रूपमा चिनिन्छ । यसले अझै पनि वर्षमा हजारौं मानिसहरूलाई असर गर्छ र एन्टिबायोटिकको उपचार नगरेमा घातक हुन सक्छ ।

१३५०ः ब्ल्याक डेथ

विश्व जनसंख्याको एक तिहाई जनसंख्याको मृत्युको लागि जिम्मेवार, बुबोनिक प्लेगको यो दोस्रो ठूलो प्रकोप सम्भवतः एशियामा शुरू भयो र पश्चिमतर्फ काराभानबाट सर्यो । सिसिली हुँदै सन् १३४७ मा प्रवेश गर्ने क्रममा प्लेग पीडितहरू मेसिनाको बन्दरगाहमा आइपुगेपछि यो द्रुतगतिमा युरोपभरि फैलियो । यो रोगबाट मेरेका मानिसहरुको लाश व्यवस्थापन गर्न नसकेर धेरै मृत शरीर भुइँमै सडिरहे र शहरहरुमा लगातार दुर्गन्ध आइरहन्थ्यो ।

सन् १४९२ः कोलम्बियन एक्स्चेन्ज

क्यारिबियनमा स्पेनिश आइपुगेपछि चेचक, दादुरा र बुबोनिक प्लेग जस्ता रोगहरू पनि युरोपियनले स्थानीय बासिन्दाहरूलाई सारेका थिए । यी रोगहरूले आदिवासी मानिसहरूलाई ध्वस्त पारे । उत्तर र दक्षिण महाद्वीपमा ९० प्रतिशत मानिसहरु मरे ।

हिस्पानियोला टापुमा आइपुग्दा क्रिस्टोफर कोलम्बसले ६०००० जनसंख्या भएको टेइनो आदिवासीहरुलाई भेट्टाएका थिए । सन् १५४८ सम्ममा यो रोगका कारण त्यस ठाउँको जनसंख्या ५०० भन्दा कम भएको थियो । यो परिदृश्य अमेरिकाभर फेरि दोहोरियो ।

सन् १६६५ः ग्रेट प्लेग अफ लण्डन

अर्को विनाशकारी उपस्थितिमा, बुबोनिक प्लेगले लण्डनको २० प्रतिशत जनसंख्या सखाप पारेको थियो । मानव मृत्युको संख्या बढे सँगै सामूहिक चिहानहरू पनि बन्न थालेका थिए । यो रोगका कारण हज्जारैं कुकुर र बिरालाहरुको पनि हत्या गरियो ।

सन् १८१७ः फस्र्ट कोलेरा महामारी

यो सात हैजा प्रकोप मध्ये को पहिलो हो । यो हैजाले सानो आन्द्रालाई असर गथ्र्यो जुन रशियाबाट शुरु भएको थियो र त्यहाँ १० लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो । मल संक्रमित पानी र खानाको माध्यामबाट फैलिँदै, यो ब्याक्टेरिया ब्रिटिश सैनिक सँगसँगै भारत पसेको थियो, जहाँ लाखौंको मृत्यु भयो । बेलायती साम्राज्यको पहुँच र यसको नौसेनाले स्पेन, अफ्रिका, इण्डोनेशिया, चीन, जापान, ईटाली, जर्मनी र अमेरिकामा हैजा पैmलायो जहाँ एक लाख पचास हजार मानिसको मृत्यु भएको थियो । सन् १८८५ मा यसको भ्याक्सिन बनाइएतापनि यो महामारी पैmलिरह्यो ।

सन् १८५५ः थर्ड प्लेग महामारी

चीनबाट सुरु भएर भारत र हंगकंग मा सर्दै बुबोनिक प्लेगले १.५ करोड मान्छेलाई असर गरेको थियो । सुरुमा युनानको खानीको प्रगतिका दौरान यो रोग प्mलीबाट सरेको थियो । यो प्लेग ताइपिंग विद्रोह र पार्थे विद्रोहको कारक मानिन्छ ।

सन् १८७५ः फिजी मिजल्स महामारी

जब फिजीले बेलायती सम्राज्यको सहमतिमा हस्ताक्षर गरे, एक शाही टोली रानी भिक्टोरियाको उपहारको रुपमा अष्ट्रेलिया गएका थिए । दादुराको महामारीका बेलामा उनीहरुको भ्रमण घातक हुन पुग्यो । उनीहरुले यो रोग अष्ट्रेलिया हुँदै आफ्नै टापुमा पुर्याए । यो अझ दु्रत गतिमा त्यस ठाउँका पुलिसहरुले र आदिवासीहरुले फैलाएका थिए । यो रोग यति दु्रत गतिमा पैmलियो कि फिजीका एक तिहाई जनता यो रोगबाट मरेका थिए । लासहरु यत्रतत्र छरिएका थिए, र जंगली जनावरहरु तेही लास खान्थे ।

सन् १८८९ः रशियन फ्लू

पहिलो फ्लू महामारी साइबेरिया र काजाकिस्तानमा सुरु भयो, मस्कोको यात्रा गर्यो र फिनल्याण्ड र त्यसपछि पोल्याण्डमा प्रवेश गर्यो । त्यस पश्चात् यो फ्लू सारा युरोपमा फैलियो । अर्को वर्ष, यो उत्तर अमेरिका र अफ्रिकामा समुद्र पार गरेर सरेको थियो । सन् १८९० को अन्त्य तिर, ३६ लाख मान्छेको यो महामारीबाट मृत्यु भइसकेको थियो ।

सन् १९१८ः स्प्यानिश फ्लू

यो हावाबाट सर्ने फ्लूले सन् १९१८ ताका लगभग ५ करोड मान्छेलाई मारेको थियो । यो फ्लू सबभन्दा पहिले युरोप, संयुक्त राज्य अमेरिका र एशियाको केही भागमा द्रुत रुपमा फैलिएको थियो । उतिखेर यो घातक फ्लूको उपचारका लागि कुनै किसिमको भ्याक्सिन थिएन । वाइर सर्भिसको रिपोर्ट अनुसार यो फ्लू म्याडरिडबाट फैलिएको हुनाले यसलाई स्पेनिश फ्लू को नामाकरण गरियो । अक्टुबरसम्म, सयौं हजारौं अमेरिकीहरु मरे र शरीर भण्डारण गर्ने ठाउँको पनि निकै संकट पैदा भयो । तर सन् १९१९ को गर्मीमा यो फ्लू एक्कासी कम भयो जब धेरै मानिसले यो रोग विरुद्ध प्रतिरोधात्मक क्षमता विकार गरे ।

सन् १९५७ः एशियन फ्लू

हंगकंगबाट शुरु भएर चीन र संयुक्त राज्य अमेरिकामा फैलिएर एशियाली फ्लू इंग्ल्याण्डमा व्यापक भयो, जहाँ ६ महीनामा १४ हजार मानिस मरेका थिए । सन् १९५८ मा यो रोगको दोस्रो लहर शुरु भएको थियो । यो रोगले संसारभर लगभग ११ लाख मान्छे मरेका थिए ।

सन् १९८१ः एजआईभी एड्स

एड्स पहिलो पटक अमेरिकी समलिंगी समुदायहरुमा देखापरेको थियो । तर यो भाइरस सन् १९२० ताका पश्चिम अफ्रिकाको चिम्पाञ्चीबाट शुरु भएको भन्ने मान्यता छ । यो रोग शरीरको केही खास तरल पदार्थहरुको माध्यमबाट फैलिन्छ । यो भाइरस सन् १९६० मा हाइटी हुँदै सन् १९७० तिर न्यूयोर्क र सान फ्रान्सिस्को पसेको थियो ।

सन् २००३ः सार्स

सन् २००३ मा पहिलो पटक पत्ता लागेको यो रोग चमेराबाट शुरु हुँदै बिरालो हुँदै मान्छेमा सरेको भन्ने मान्यता छ । यो रोग २६ वटा देशमा फलिएको थियो र ८०९६ जनामा संक्रमित यो रोगले ७७४ मानिस मरेको थियो । सार्सले श्वासप्रश्वास समस्याहरु निर्माण गर्दछ । यसका अरु समस्याहरुमा सुक्खा खोकी, ज्वरो र टाउको र शरीर दुखाईहरु छन् । यो भाइरस मान्छेको खोकी र छींकबाट आएका थुकका थोप्लाबाट सर्छ ।

यो भाइरसलाई पछि चीनले नियन्त्रणमा लियो ।

सन् २०१९ः कोभिड १९

विश्व स्वास्थ्य संगठनले कोभिड लाई मार्च ११, २०२० मा माहामरीको रुपमा घोषणा गर्यो । यो भाइरस नोभेम्बर १७, २०१९ मा, चीनको हुबेई प्रान्तमा देखापरेको थियो । डिसेम्बरमा ८ नयाँ केसहरु देखापरे र अनुसन्धानकर्ताहरुले यो भाइरस लाई नयाँ भाइरस हो भनेर रिपोर्ट निकाल्यो ।

यो रिपोर्ट लेखिन्जेल सम्ममा आजको मितिमा १५ करोड ११ लाख ६५ हजार ७७० केसहरु देखापरेका छन् भने लगभग ३१ लाख ८० हजार १५० को मृत्यु भइसकेको छ । विश्वलाई नै आक्रान्त बनाईरहेको यो भाईरस अभैm पनि शान्त भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित