नयाँ लगानीकर्ताहरुले आइपीओ भर्न के गर्नुपर्छ ?

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४८३ पटक पढिएको

दिलिप थापा । चैत्र २३, २०७७ ।

अहिले बजार शेयरले तरङ्गित भैरहेको छ । आम मानिस शेयरको कारोबारमा लागीरहेका छन् । अहिले बजारमा एक खाले शेयरको प्रवृत्ति नै चलेको छ । नेपाली शेयर बजारमा प्रवेश गर्दा कुन कुन कुराहरुको जरुरत पर्छ, त्यसको बारेमा केन्द्रित रहेर आज हामी कुरा गर्नेछौं ।

नेपाली शेयर बजारमा प्रवेश गर्नको लागी सबैभन्दा पहिला प्राथमिक बजार यानिकी आइपीओ भरेर सुरु गर्नुपर्छ । प्राथमिक बजारको अनुभव बिना दोस्रो बजारमा प्रवेश गर्दा ठूलै हण्डर खेप्नुपर्ने हुनसक्छ । तर यो भन्दै दोस्रो बजारमा प्रवेश गर्न पाइँदैन भन्ने होइन । 

बजारमा प्रवेश गर्नलाई सबैभन्दा पहिला त कुनै पनि बैंकमा खाता चाहिन्छ । खाता खोल्नको लागी फोटो र नागरिकताको फोटोकपीको आवश्यकता पर्छ । त्यसपछी आफ्नो खाता रहेको बैंकमा गएर के.वाइ.सी. फर्म र डिम्याट फर्म भर्नुपर्ने हुन्छ । डिम्याट भरेपश्चात् बैंकबाटै सिआरएन नम्बर प्राप्त गर्न सकिन्छ । यती गरेपछी आफुले खाता खोलेको बैंकमा गएर आइपिओको लागी आवेदन दिन सकिन्छ । यदी आफुलाई अनलाईनबाटै आवेदन दिन मन लागेको खण्डमा मेरो शेयरको फर्म भरेर बुझाउन सकिन्छ । फर्म बुझाएको केही दिनमा मेरोशेयरको लगिन आईडी र पासवार्ड आउँछ ।

मेरो शेयरबाट शेयर भर्नकालागि यहाँहरुले मेरोशेयरको याप मोबाइलमा डाउनलोड गरेर पनि शेयर भर्न सक्नुहुन्छ । यसरी लगइन गरिसकेपछि मेरो शेयरको माई आस्वामा गएर आइपीओको लागी आवेदन दिन सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित