के हो इनसाइडर ट्रेडिङ् ?
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४११ पटक पढिएको
दिलिप थापा । चैत्र २२, २०७७ ।

इन्साइडर कारोबार त्यस्तो कारोबार हो जहाँ कम्पनीको गोप्य सूचना चुहाएर कारोबार गरिन्छ । उदाहरणको लागि, मानाैं एउटा ‘क’ कम्पनीले लाभांश दिँदै छ । उक्त कम्पनीबाट त्यो सूचना कुनै कमिटी मेम्बर वा सञ्चालकबाट लिक गरिन्छ र ठूला शेयर खेलाडीहरुले केही समय अगाडी नै उक्त कम्पनीको शेयर उठाउँछन् । जब नयाँ लगानीकर्ता लाभांशको आश गरेर शेयर किन्न खोज्छन्, त्यही शेयरको मूल्य ठूला लगानीकर्ताले आफु अनुकूल पारी, धेरै मूल्यमा नयाँ लगानीकर्ता बेच्छन् । यसो गर्दा ठूला लगानी कर्ताले छोटो समयमा धेरै पैसा कमाउँछन् । यस्तो कृयाकलापबाट अन्य लगानीकर्तालाई ठूलो नोक्सान हुन्छ ।
यसैगरी रु रु जलविद्युत परियोजना लिमीटेडले चैत्र २० गते देखी प्रिमियममा आइपिओ निस्काशन गरेको छ । कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावितका लागि प्रति कित्ता १०० रुपैयाँको दरले निश्कासन गरेको छ ।
बाँकी रहेको ४ लाख ७ हजार ७०६ कित्ता चाहिँ सर्वसाधारणका लागि प्रतिकित्ता रु १२० को दरले निश्कासन गरेको छ । आइपिओको लागी २४ गतेसम्म आवेदन दिन मिल्ने छ । आइपिओ खुलेको पहिलो दिनमा नै माग भन्दा दस गुणा बढी आवेदन परेको थियो ।