एक असल लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४८३ पटक पढिएको
दिलिप थापा । चेत्र २०, २०७७ ।

जसरी हामी घडेरी किन्दा घडेरीको मोहोडा र पिछाडलाई ध्यान दिन्छौं त्यसरी नै हामीले कुनै कम्पनीको शेयर किन्दा कम्पनीको बारेमा राम्रो अध्ययन गर्न जरुरी हुन्छ । लगानीकर्ताले कुनै पनि स्टक किन्दा ध्यान दिनुपर्ने केही आधारभूत कुराहरु निम्नानुसार छन् :
क) पि ई रेशियो : पिई रेशियो भनेको प्राइस टु अर्निङ् रेशियो हो । त्यसको मतलब एक शेयर उठाउनका लागि कति रकम लगानी गर्नपर्छ भन्ने हो । कुनै पनि कम्पनीको पिई रेशियो कम भयो भने लगानी कर्तालाई राम्रो हुन्छ । सामान्यतया १५ भन्दा तल पिई रेशियो भएको कम्पनी राम्रो मानिन्छ ।
ख) ईपिएस र पिई रेशियोको सम्बन्ध ठ्याक्कै उल्टो हुन्छ । ईपिएस भनेको अर्निङ् पर शेयर हो । यसको मतलब एक कित्ता शेयरबाट कति कमाउन सकिन्छ भन्ने बुझिन्छ । ईपिएस जति बढी भयो उतीनै लगानीकर्तालाई राम्रो हो । सामान्यतया २० भन्दा माथी ईपिएस भएको कम्पनीलाई राम्रो मान्न सकिन्छ ।
ग) डिभिडेण्ट बोनसः लगानीकर्ताले, लगानी गर्दा कम्पनीले विगतमा दिँदै आएको लाभांशको बारेमा जानकार हुनुपर्छ । यसले कम्पनीको वित्तिय अवस्थाको बारेमा जानकारी दिन्छ ।
घ) रिजर्भ अमाउण्टः कुनै पनि स्टकमा लगानी गर्दा पहिला त्यस कम्पनीको रिजर्भमा कति रकम छ भनेर पनि बुझ्नु पर्दछ । यसले कम्पनीको वित्तिय अवस्थाको बारेमा जानकारी दिन्छ ।
ङ) पेड अप क्यापिटलः कम्पनीको चुक्ता पुँजी कति छ भनेर बुभ्mनु पनि एक असल लगानीकर्तालाई आवश्यक छ । चुक्ता पुँजी कम भएका कम्पनी राम्रा मानिन्छन् ।
च) लगानीः आफुले किन्न लागेको कम्पनीको कुन कुन क्षेत्रमा लगानी छ त्यो पनि बुभ्mनु जरुरी हुन्छ । यदि कम्पनीको राम्रा क्षेत्रमा लगानी छ भने त्यस अवश्य पनि त्यसको प्रतिफल राम्रै हुन्छ ।