बुटवल पावर कम्पनीको नाफामा भीषण ह्रास

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२० पटक पढिएको

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा बुटवल पावर कम्पनीको नाफामा भीषण ह्रास आएको छ । अहिलेसम्म कम्पनीको नाफा ८३.८९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा  कम्पनीले ८५ करोड ८६ लाख खुद नाफा कमाएको थियो भने अहिले त्यो घटेर १३ करोड ८३ लाखमा सिमित भएको छ ।

यस वर्ष कम्पनीले ३० करोड ३ लाख बराबरको विद्युत बिक्रि गरेको छ । यो भन्दा बाहेक कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ४ करोड १० लाख रहेको छ । चुक्ता पुँजी २ अर्ब ९५ करोड भएको यस कम्पनीको रिजर्भमा ३ अर्ब ९२ करोड रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित