नेपाल र रावल ६ महीनाको लागि पार्टी सदस्य बाट निलम्बित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६६ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट सरकार सञ्चालनमा असहयोग भएको भन्दै पुष ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । ओलीको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध प्रचण्ड नेपाल समूहले प्रतिशोध स्वरुप जनप्रर्दशन गरेका थिए ।

केपी शर्मा ओलीलाई प्रचण्ड नेपाल समूहले सडक संघर्षका दौरान, माईतीघर मण्डलाबाट पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको थियो । उक्त समूहले, ओलीलाई फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव पेश गरी प्रधानमन्त्रीबाट हटाउने दाउ हेरेर बासेका थिए । तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक नबस्दै फागुन २३ गते ऋषि कट्टेलको नेकपा माथिको दावीलाई आधिकारिकता दियो । सर्वोच्चको फैसलाले प्रचण्ड नेपाल समूहको सबै योजनाहरु विफल भयो ।

सर्वोच्च अदालतको निर्देशनमा फागुन २३ गते पहिलो प्रतिनिनिध सभा बैठक बसेको थियो । तत्कालीन एमाले र माओवादी बिउँतिएपछि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकेनन् । फलस्वरुप सबैभन्दा ठूलो धक्का एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई परेको थियो । न उनी मओवादी हुन सके न पूर्ण रुपले एमाले । अन्ततः नेपालले प्रचण्डको साथ छोड्दै एमालेमा नै फर्किने निधो गरे ।

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रिय कमिटिबाट पार्टीको विधान संसोधन गरि आफुलाई झन् शक्तिशाली बनाएका छन् । त्यही शक्तिको आडमा ओलीले माधव कुमार नेपाल र भीम रावललाई हिजो सोमबार ६ महिनाको लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेका छन् ।

नेपाल र रावललाई कारबाही स्वरूप निलम्बन गरेपनि सांसद पदको विषयमा भने केन्द्रीय कमिटीले लिने निर्णयमा निर्भर रहने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ मा विधान विपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई, विधानमा व्यवस्था भए बमोजिम, दलले कारण खुलाई, अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ । ऐनको दफा २८ मा संसदीय दलको नेताले आप्mना दलका सांसदहरूलाई निर्देशन दिन (ह्विप जारी गर्न) सक्ने व्यवस्था पनि छ ।
 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित