आइपिओको लहर
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३३ पटक पढिएको
दिलीप थापा । चैत्र १७, २०७७

अहिले नेपाली शेयर बजारमा आइपिओको लहर नै चलेको छ । भर्खरै मात्र ज्योती लाईफ इन्स्योरेन्स्को आइपिओको नतिजा सार्वजनिक भएको थियो । त्यसैगरी अझै विभिन्न कम्पनीहरु पाइपलाईनमा छन् ।
गत चैत्र ६ गते सिंगटी हाइड्रोले आफ्नो कम्पनीको आइपिओ जारी गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
उक्त कम्पनीको आइपिओमा माग भन्दा १०% बढी आवेदन परेको थियो । जस अनुसार गोलाप्रथाबाट कम्पनीको आइपिओ २ लाख ६९ हजार ७ सय जनाले मात्र पाउने छन् । त्यसैले आवेदन दिएका मध्ये १३ लाख बढी आवेदकको हात खाली हुनेछ ।
शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । उक्त आइपिओको नतिजा प्राविधिक गढबढी नभए, अर्को हप्तासम्ममा आउने जानकारी मेगा क्यापिटल ले दिएको छ ।