आज तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४८१ पटक पढिएको

दिलीप थापा । चैत्र १६, २०७७

आज चैत्र १६ गते सोमबार तीन ओटा कम्पनी, मिथिला लघुवित्त, ग्रीन डेभ्लप्मेन्ट बै‌क र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी तीनवटै कम्पनीले चैत्र १७ गते बुक क्लोज डेट तोकेका छन् । त्यसैले आज चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । नेपाल इन्स्योरेन्स कम्पनीले  चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा सभा सञ्चालन गर्नेछ । उक्त सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को लागि ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस शेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २ सय ७० रुपैयाँ बराबरको नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४ सय ८५ रुपैयाँ छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले  चैत्र २८ गते होटेल बाराही पोखरा लेकसाइडमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने बैंकले जनाएको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३/८० प्रतिशत बोनस शेयर र ०/२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित