विश्व र‌गमञ्च दिवस

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३८ पटक पढिएको

आज विश्व रंगमञ्च दिवस । संसारभरी यो दिवसलाई हर्षोल्लासका साथ मनाईएको छ ।

ईण्टरनेशनल थिएटर ईन्ष्टिच्यूट आईटीआईले फ्रान्सबाट यो दिवस मनाउन सुरु गरेको हो । यो संस्थाले मार्च २७ लाई रंगमञ्च दिवस मात्र नभनेर विश्व नृत्य दिवसको रूपमा पनि मनाईरहेको छ ।

आईटीआई 1948 मा पहिलो युनेस्कोका महानिर्देशक सर जुलियन हक्सलीको र नाटककार र उपन्यासकार जेबी प्राईस्टली को पहलमा शुरु गरिएको थियो । दोस्रो विश्वयुद्धको लगत्तै र शीतयुद्धको शुरुवात तिर यो संस्था शुरु गरिएको थियो, जब पुरा विश्व पूर्व र पश्चिममा विभाजित भएको थियो ।

युनेस्कोको संस्कृति, शिक्षा र कलामा लक्षित उद्देश्यका साथ आईटीआई संस्थाको निर्माण भएको थियो । यो संस्था प्रदर्शन कला, कलाका सबै सदस्यहरूको स्थिति सुधार गर्न केन्द्रित छ । अन्तर्राष्ट्रिय आदानप्रदानको लागि र प्रदर्शन कलाको शिक्षामा संलग्नताका लागि परिकल्पना गरिएको संस्था हो आईटिआई । प्रदर्शन कलाको लागि विश्वको सबैभन्दा ठूलो संगठनको रूपमा विकसित भएको यस संस्थाको संसारभर ९० भन्दा बढी केन्द्र हरू छन् ।

गजबको कुरा त के भने नेपाल रंगमञ्चको पुरानो थलो मध्ये एक हो । यस्ता दिवसहरूको शुरुवात मूल थलोबाट हुन्छ तर दुर्भाग्यवश नेपालमा रंगमञ्च त्यति फस्टाउन सकेको छैन । रंगमञ्च लाई फगत एउटा नौटंकीको रूपमा लिईन्छ । रंगमञ्चले इतिहासमा ठूला ठूला क्रान्ति गरेको छ, समाजलाई जागरूक बनाएको छ र साथसाथै दर्शकवृन्दलाई कथार्सिसको (साधरणीकरण) चरम विन्दुमा पनि लगेको छ । यस्तो रंगमञ्च बेरंगको भएको छ, दुर्भाग्य ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित