ओलीको चक्रव्यूह

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४३१ पटक पढिएको

नरेश भाट । चैत १३, २०७७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुष ५ को प्रतिनिधि सभा विघटन यता नेपालको राजनीति नठोस नतरलताको अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि  प्रधानमन्त्री कदमका विरुद्ध तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको समूहले सत्ता बाट सडकमा ओर्लीएर चर्को विरोध गरेका थिए । अन्य राजनीतिक दलहरुले पनि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै चर्को आन्दोलन गरेका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल समूह ओलीलाई प्रधानमन्त्री बाट हटाउन प्रमुख प्रतिपक्षी दलहरु भन्दा उग्र रुपले सत्ताबाट सडकमा आएर ठूलो भूमिका खेलेका थिए । प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्चमा दर्जनौ रिट दायर भएका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको भन्दै फगुन ११ गते सर्वोच्च अदालतले उक्त कदमको विपक्षमा फैसला गर्दै प्रतिनिधिसभा पुनस्र्थापन भएको  घोषणा गरेको थियो ।

प्रतिनिधि सभा पुनस्र्थापना भएपछि प्रधानमन्त्री ओलीलाई सरकारमा बसिरहन नमिल्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतका अन्य राजनीतिक दलहरुले नैतिकताको प्रश्न उठाएका थिए । सर्वोच्चले संसद पुनस्र्थापना गरेपछि सर्वोच्च अदालतकै आदेशमा फागुन २३ गते संसदको पहिलो बैठकको मिति तोकीएको थियो । तर संसद बैठक वस्नु अघि नै फागुन २३ गते सर्वोच्च अदालतले नेकपा माथिको विवादलाई सुल्झाउँदै नेकपाको आधिकारीता ऋषि कट्टेलको नाममा रहेको भन्दै फैसला सुनाईदियो । सर्वोच्चको फैसलाले नेकपालाई वि.सं २०७५ जेठ ०२ गतेको तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र लाई नै बिउँताईदियो ।

नेकपा माओवादी केन्द्रको समर्थन पाएको एमालेको केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाई नजिकको बहुमतका साथ सरकार चलाई रहेको छ । माओवादी केन्द्र यहाँसम्म आईपुग्दा नत सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता गरेर अन्य राजनीतिक दलहरु सँग मिलेर नयाँ सरकार गठनको प्रक्रियामा आगडी बढ्न सकेको छ, नत प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई आत्मसात गरेर अगाडी बढ्न नै सकेको छ ।

माओवादी केन्द्रले ठोस निर्णय लिनसक्दा यो अवस्थामा, विपक्षी दलहरु एकअर्काप्रति सशंकित बन्न थालेका छन् । ओली भने ढुक्कका साथ सत्ताको बागडोर सम्हालीरहेका छन् । उनी अघिल्ला वर्षहरुमा भन्दा ठाँटका साथ कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । ओली अघिल्ला बर्षभन्दा झन् सशक्त ढङ्गले सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन् ।

अहिले प्रमुख प्रतिपक्षी दलहरु एकले अर्कालाई प्रतिपक्षीको भूमिका नखेलेको आरोप लगाउँदै आएका छन् । खासगरी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) अहिले सत्ता निर्माणको वरपर घुमेका दलहरु हुन् । काँग्रेस र जसपालाई प्रधानमन्त्री ओली पक्ष, माओवादी केन्द्र र एमालेको माधव पक्षबाट सरकार निर्माणमा सघाउन विभिन्न छलफलका टेवल शेयर गरिरहेका छन् ।

समाजवादी दलका नेताहरुले पटकपटक प्रधानमन्त्री ओलीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिरहेका  छन् । प्रधानमन्त्री ओलीले जसपाकै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको खबर बाहिरिएसँगै नेपाली काँग्रेस र माओवादी केन्द्र सँग मिलेर नयाँ सरकार गठनका लागि तातिएको जसपा अहिले मौन बसेको छ । काँग्रेसले भने जसपा स्पष्ट नभएको आरोप लगाउन थालेको छ । नैतिकताका आधारमा ओलीलाई एक सेकेन्ड पनि सरकारमा बस्ने अधिकार नभएको बताएका काँग्रेस नेता प्रकाशमान सिंहले जसपा र माओवादी केन्द्रले अलमल गरेको आरोप लगाएका छन् ।

पछिल्लाे समयकाे राजनैतिक घटनाक्रमले प्रधामन्त्री केपी शर्मा ओली महाभारत र चाणक्यकाे राजनीतिकाे दाउपेच खेलीरहेकाे देखिन्छ । महाभारतमा अभिमन्यू चक्रव्यूहमा पस्न त जानेका हुन्छन् तर निस्कने ज्ञान भने उनलाइ हुँदैन । कित ओली आफु अभिमन्यू भइरहेका छन् जुन उनलाइ ज्ञान छैन, कि त उनकाे चक्रव्यूहमा अरु नै अभिमन्यू छन् जाे याे चक्रव्यूहकाे दलदलमा फँसीरहेका छन् । त्याे भविष्यले बताउने नै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित