काँग्रेस एमाले सँग नमिल्ने तर जसपा र माओवादी सँग मिल्नेः एनपी साउद
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३५४ पटक पढिएको
। नरेश भाट । १२ चैत, २०७७

नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री एनपी साउदले नेकपा एमालेको केपी शर्मा ओली नेतृत्वको सरकार सँग नेपाली काँग्रेस नडराएको बताएका छन् । बिहीबार बिहान डडेल्लधुरा पुगेका एनपी साउदले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै साउदले ओली नेतृत्वको ३ बर्षको फुच्चे कम्युनिष्ट सरकार सँग नेपाली काँग्रेस नडराएको बताएका छन् । साउदले नेपाली काँग्रेसको नेतृत्वमा नेपालमा १०४ बर्षको राणा शासन, राजा महेन्द्रले ल्याएको पञ्चायती व्यवस्था अन्त्य गर्दै नेपाल बाट सँधैका लागि राजतन्त्रको बिदाई गरेको भन्दै काँग्रेसका लागि ओली सरकार बाधक नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको सरकारलाई नेपाली काँग्रेसले हटाउन चाहेको भएपनि अहिले नेपाली काँग्रेस सँग बहुमत नभएको जिकिर गरे । ओली नेतृत्वको सरकार अहिले भावनात्मक र प्राविधिक रुपमा कमजोर हँुदै जनता माँझ अलोकप्रिय बन्दै गएको उनले बताए ।
नेकपा एमाले भित्रको गुटगत विवाद सुल्झिनु र नेकपा एमालेको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता नलिनुले केपी शर्मा ओली नेतृत्वको सरकार टिकिरहेको दावी गरेका थिए ।
नेपाली काँग्रेस सबैभन्दा ठूलो प्रमुख प्रतिपक्षी दल भएकाले, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने र समाजवादी पार्टी मिलेर संसदमा १३८ संसद पु¥याएर केपी ओलीको सरकार ढाल्न सकिने नेता साउदले बताए । नेकपा एमालेसँग सहकार्य गरेर नेपाली काँग्रेस सरकारमा नजाने नेता साउदले भनेका छन् । “नेपाली काँग्रेसको अहिलेको प्रमुख दायित्व भनेको आफ्नो नेतृत्वमा सरकार बनाउनु हो ।”
उनले भने, “माओवादी र जसपाले कांग्रेसलाई समर्थन गरेपछि हामी नयाँ सरकार गठनको गृहकार्यमा लाग्ने छांै ।” नेपाली काँग्रेस संवैधानिक प्रक्रियाबाट सरकारमा जाने तर असंवैधानिक प्रक्रियाबाट नजाने उनको दाबी छ । ओली बाहेकका शक्तिहरू मिलेर शीघ्र निर्वाचन गरौँ है भनेर नयाँ सरकार गठन गर्न सक्ने परिस्थिति आउने बितिक्कै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सक्ने उनले बताए ।