चन्द्रगिरी हिल्स : एक झलक

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ७०५ पटक पढिएको

दिलिप थापा

चन्द्रगिरी हिल्सको शेयरको मूल्यमा भारी वृद्धि हुँदै आएको छ । यो समाचार तयार गर्दासम्म यसको मूल्य २०७५ छ । लगातार सकारात्मका सर्किट हान्दै आएको यस कम्पनीमा लगानीकर्ताको चासोको विषय बनेको छ ।

यस कम्पनीको कारोबार माघ २५ बाट सुरु भएको थियो । यसको पहिलो करोबार १६१ रुपैयाँबाट भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६।६९ देखि २९०।०७ को रेञ्ज दिएको थियो । कारोबार सुरु भएको २६ औं दिनमा कम्पनीको मूल्य १००० पुगेको थियो । त्यसपछिको सातौं दिनमा कम्पनीको मूल्यले २००० नाघेको हो |

कम्पनीको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता शेयर नेप्सेमा सुचीकृत छ । पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आइपीओ बिक्रि खुला गरेको यस कम्पनीले अहिले शेयर बजारमा छलाङ मारेको छ ।

उक्त कम्पनीले अकिंत मूल्य एक सयका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो ।

यस कम्पनीले आउँदा दिनहरुमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न साहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित