सिंगटी हाइड्रो इनर्जीमा १६ लाखको आवेदन
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४२२ पटक पढिएको
सिंगटी हाइड्रो इनर्जीमा १६ लाख २३ हजार ४ सय ५० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म सिडिएससीले दिएको जानकारी अनुसार २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ता शेयर आवेदन परेको हो ।

यस कम्पनीले बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपिओ मध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयरमा कर्मचारीहरुका लागि बाँडफाँड गरेको छ । त्यसपछि बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको हो ।
बजारमा ५ करोड ५५ लाख कित्ता बराबरको आइपिओ आउँदै १५ कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति मागेका छन् । उक्त कम्पनीहरुले कुल ५ अर्ब ५५ करोड ४२ लाख मूल्य बराबरको ५ करोड ५५ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेका हुन् । जसमध्ये अधिकांश कम्पनी जलविद्युत् क्षेत्रका रहेका छन् ।
हाइड्रोपावर क्षेत्रका साहस उर्जा हाइड्रोपावर, सामलिङ साहस उर्जा, बुद्धभूमि नेपाल, सयपत्री हाइड्रो, बलेफी हाइड्रो, ग्रीन भेन्चर्स हाइड्रो, हिमालयन हाइड्रो, मैलुङ् खोला हाइड्रोपावर रहेका छन् । जलविद्युत् क्षेत्रबाट विन्ध्यवासिनी हाइड्रो, सिइडिबी हाइड्रो, न्यादी हाइड्रो र मध्ये भोटेकोशी समेत पाइपलाइनमा रहेका छन् ।
त्यसैगरी, लघुवित्त कम्पनीहरुमा जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले शेयर जारी गर्ने भएका हुन् । डिस मिडिया नेटवर्कले समेत शेयर निष्कासन गर्न लागेको छ ।