प्रधानमन्त्री ओली पार्टी कार्यालयकोे अवलोकनका लागि थापाथली पुगे

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३७५ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली थापाथलीमा बनिरहेको नायाँ पार्टी कार्यालयको अवलोकन गर्न थापाथली आएका छन् । आज विहान ११ बजे प्रधानमन्त्री ओली नयाँ बनिरहेको पार्टी कार्यालयको अवलोकन गर्नको लागि थापाथली हाईटस्थित उमंग मार्ग आएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले नयाँ बनीरहेको पार्टी कार्यालको अवलोकन गर्ने भए पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रधानमन्त्री ओली आउने भएपछि नेता कार्यकर्ताहरुको निकै बाक्लो उपस्थिती छ । नेकपा एमालेको पुरानो केन्द्रिय पार्टी कार्यालय धुम्बाराही बाट नेकपा एमालेको पार्टी कार्यालय थापाथली सर्न लागेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित