प्रधानमन्त्री ओलीलेको संसदीय दलको बैठकमा बामदेव नजानेः पत्नी थापा बालुवाटार तिर प्रस्थान
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३५१ पटक पढिएको
नरेश भाट
नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा एकता अभियान चलाई रहेको एमालेका उपाध्यक्ष बामदेव गौतम नजाने भएका छन् । बैठकमा आएका पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले गौतम लाई फोन गरेर बैठकमा बोलाएका थिए । उपाध्यक्ष गौतमले आफु बैठकमा नआउने जवाफ दिएको एकता अभियानका सचिव बाबुराम थापाले जानकारी दिए ।
पार्टी विभाजन तर्पm उन्मुख भएको बेला गौतमले भने दुवै समूहलाई मिलाउने भन्दै एकता अभियान चलाइरहेका छन् । गौतम पत्नी तुलसा थापा भने बैठकमा सहभागी हुने भएकी छन् । एकता अभियान चलाई रहेका गौतम राष्ट्रिय सभा सदस्य हुन् भने गौतम पत्नी तुलसा भने एमाले पुनस्र्थापना पछि अध्यक्ष केपी ओलीले बोलाएको बैठकमा सहभागी हुने गरेकी छन् । गौतम पत्नी तुलसा थापा भने प्रतिनिधिसभा समानुपातिक सांसद हुन् । थापा भने अध्यक्ष ओलीले बोलाएको प्रत्येक वैठकमा सहभागी हँुदै आएकी छन् । नेपाल समूहले पनि बालुवाटारमा संसदीय दलको बैठक हुनु अघि आफ्ना सांसदहरुलाई बोलाएर छलफल गरेको थियो । प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेको नेपाल समूह बैठकमा सहभागी भएन ।