होलीको उल्लास दुई वर्षपछि फर्कियो (फोटो फिचर )

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४८९ पटक पढिएको

आज फागू पूर्णिमा अर्थात होली पर्वको दिन विभिन्न मानिसहरुले आपसमा रङ दलेर खुशियाली साटासाट गरी काठमाडौं उपत्यकामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा यो पर्व मनाइएका छन् ।

""

""

काठमाडौं उपत्यकासहित देशभरका पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । काठमाडौंको वसतन्तुर, ठमेल, क्षेत्रपाटी, इन्द्रचोक, मखनचोक, भृकुटीमण्डप लगायतका क्षेत्र होलीमय बनेका थिए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।

""

""

""

 

यस वर्ष भने काठमाडौंका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए । काठमाडौंको बसन्तपुरमा होली खेल्नेहरुको ठूलो समूह भेला भएको थियो । काठमाडौंका सबैजसो टोलमा अघिल्ला वर्ष भन्दा धेरै मानिसहरु होली खेल्न सहभागी भएका थिए ।

""

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित