अमेरिकाद्वारा युक्रेनमाथि १३ अर्ब डलर सुरक्षा सहायता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१३ पटक पढिएको

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता दिने भएका छन् । उनले एक विधेयकमा हस्ताक्षर गर्दै सो कुरा जानकारी दिएका हुन् ।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए । नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदै छन् ।

""

यसैबीच अनुभवी क्यामेराम्यान र युक्रेनी पत्रकार फक्स न्यूजका लागि रिपोर्टिङ गर्दै गर्दा कीभ नजिकै भएको आक्रमणमा मारिएका छन् । आक्रमणमा मारिएका ५५ वर्षीय लामो समयदेखि युद्धका फोटो गर्ने पत्रकार पियरे जाक्रजेव्स्की र नेटवर्कको सल्लाहकारको रूपमा काम गर्ने २४ वर्षीय युक्रेनी पत्रकार ओलेक्सान्ड्रा "साशा" कुभ्साइनोभा रहेका छन् ।

त्यस्तै फक्स न्यूजका संवाददाता बेन्जामिन हल गम्भीर घाइते भई अस्पतालमा भर्ना भएका छन् । दुबै मृत्युको घोषणा फक्स न्यूज मिडियाका प्रमुख कार्यकारी सुजेन स्कटले गरेका थिए, जसले रिपोर्ट गर्दै गर्दा टोलीको गाडीमा आगो लागेको बताए । युक्रेनी आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले रुसी सेनाले तोपको गोलाबारी गरेको आरोप लगाए । बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित