पहिलोपटक मानव निर्मित यान सूर्यमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ९८१ पटक पढिएको

अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रवेश गरेको छ । सूर्यको पार्कर प्रोभ एल्फेन भागभित्र प्रवेश गरेको नासाले मंगलबार पुष्टि गरेको हो ।
सूर्यको बाहिरी सतहमा पहिलोपटक मानव निर्मित प्रोभ (यान) पुगेको हो । मानव निर्मित यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना भएको नासाले जनाएको छ । सूर्यको विज्ञान अध्ययन गर्न यो मिसन सुरु गरिएको नासाले जनाएको छ ।
सन् २०१८ को अगस्ट १५ मा नासाले उक्त यानलाई सूर्यको अनुसन्धान गर्न त्यसतर्फ पठाएको थियो । सूर्यको ४ तहमध्ये कोरोना बाहिरी तह हो । सूर्यमा कोरोना, क्रोमोस्फेयर, फोटोस्फेयर र कोर गरेर मुख्य चार तह छन् । नासाका अनुसार सूर्यको कोरोना यति धेरै तातो हुन्छ कि यसको तापक्रम १७ लाख डिग्री सेल्सियस हुन्छ ।
त्यसैगरी एल्फेन सूर्यको सौर्य आँधी र सूर्यको वायुमण्डलबीचको भाग हो । नासाका अनुसार यानले यही भाग छिचोल्दै सूर्यको कोरोनामा प्रवेश गरेको हो । सूर्य र पृथ्वीबीचको दूरी ९३ मिलियन माइल छ ।
नासाले यो परियोजनाबाट सूर्यसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने लक्ष्य राखिएको छ ।परियोजनाको लागि १ अर्ब ८० लाख डलर खर्च भएको जनाईएको छ ।
यसलाई सूर्य र सौर्य आँधीको उत्पत्ति र कारणहरू यो अध्ययनको मुख्य उद्देश्य मानिएको छ । परियोजना प्रोबमार्फत कोरोनामा ऊर्जा र तापको अवस्था र सौर्य आँधी कसरी आउँछ भन्नेमा केन्द्रित हुने बताइएको छ । तस्बिर: नासा