बाढीका कारण ब्राजिलमा १० जनाको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- १९४ पटक पढिएको

ब्राजिलमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले पछिल्लो छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार समाचार अनुसार बाढीका कारण कैयौँ क्षेत्रमा असर परिरहेको र करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । जसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको बताईएको छ ।
धेरै स्थानमा सैनिक हेलिकोप्टरले उद्धार गरिरहेका राससले उल्लेख गरेको छ । केही सहायता सामग्री पनि हेलिकोप्टरहरुले पु–याइरहेका बताइएको छ। यहाँका मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन सुझाव दिईएको जनाईएको छ । तस्बिर : फाईल फोटो
प्रतिक्रिया दिनुहोस