तालिबानी सत्तामा आए पछि अफगानिस्तानको २५७ सञ्चारमाध्यम बन्द

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३६० पटक पढिएको

 

तालिबानले अफगानिस्तानको काबुलललाई नियन्त्रणमा लिएको १०० दिनमा प्रकाशन तथा प्रशारण हुँदै आएका २५७ सञ्चारमाध्यम बन्द भएका छन् ।  अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएको जनाएको छ ।  

एनएआईका अनुसार अहिले अफगानिस्तानमा ७० प्रतिशतभन्दा बढी सञ्चार कर्मीहरूले रोजगारी गुमाएका छन् । उनीहरूमध्ये धेरै विदेश पलायन भएका उल्लेख गरिएको छ ।  

अगस्टमा तालिबानले काबुल कब्जा गरेपछिका १०० दिनहरूमा अज्ञात सशस्त्र मानिसहरूको आक्रमण, विस्फोट, आत्महत्या र ट्राफिक घटनालगायत विभिन्न घटनाहरूमा छ जना संवाददाताले ज्यान गुमाएका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

संचारमाध्यमहरुका अनुसार पछिल्लो समय पत्रकारका लागि अफगानिस्तान झन् खतरनाक सावित भैरहेको छ । जुलाईमा, रोयटर्स समाचार एजेन्सीका पुलित्जर पुरस्कार विजेता फोटोग्राफर तालिबान र अफगान सुरक्षा बलहरू बीचको झडप कभर गर्दा मारिएका थिए । 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित