‘फेसियल रिकोग्नेसन सफ्टवेयर’ बन्द गर्ने फेसबुकको घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४३१ पटक पढिएको
सामाजिक सञ्जाल फेसबुकले तस्वीर र भिडियोमार्फत व्यक्तिको अनुहारको पहिचान गर्ने ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’लाई नगर्ने घोषणा गरेको छ । यो प्रविधिका कारण प्रयोगकर्तामा पर्ने असरलाई लिएर फेसबुकको चर्को आलोचना भइरहेको थियो । त्यस कारण फेसबुकले यसलाई अनुचित भन्दै प्रयोग नगर्ने घोषणा गरेको हो ।
यो एप्सको सहयोगमा प्रयोगकर्ताहरुले आफ्नो अनुहारको पहिचान गर्न सक्थे । साथै अरु कसैले फेसबुकमा फोटो पोस्ट गरेको खण्डमा त्यसको जानकारी फोटो भएका व्यक्तिसम्म पुग्दथ्यो । नेशनल इन्स्टीट्युट अफ स्ट्याडर्ड एण्ड टेक्नोलोजीद्वारा गरिएको अध्ययनका अनुसार, अफ्रिकी/अमेरिकी महिलाहरुको गलत पहिचान हुने सम्भावना धेरै थियो ।
यसमाथि व्यक्तिको निजीपन, जातिय विभेद तथा यसको विश्वसनीयताबारे पनि प्रश्न उठेको थियो । कम्पनीका अनुसार यस प्रविधिको अनुगमन गर्ने नियामकहरुले अहिलेसम्म यसको प्रयोगबारे स्पष्ट नियम बनाएका थिएन ।