अफगानिस्तानका पत्रकारहरु विरुद्द हरेक दुई दिनमा एक हिंसात्मक घटना
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४७३ पटक पढिएको

पछिल्लो दुई महिनामा अफगानी पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू भएका छन् । जसको अर्थ हरेक २ दिनमा पत्रकार माथि हिंसा भईरहेको छ । एक मिडिया निगरानीका अनुसार ती घटनाहरूमध्ये झण्डै ९० प्रतिशत तालिबानले गरेका हुन् ।
अफगानिस्तान राष्ट्रिय पत्रकार संघका अनुसार सेप्टेम्बर र अक्टोबरमा धेरै जसो हिंसाहरू राजधानी काबुल बाहिर भएको थियो । तर ३० मध्ये ६ घटना राजधानीमै भएका थिए ।
संघद्वारा रेकर्ड गरिएका ४० प्रतिशत भन्दा बढी घटनाहरू कुटपिटका थिए । त्यस्तै अन्य ४० प्रतिशत मौखिक धम्कीका भएको संघका प्रमुख मासोरो लुत्फीले बताएका छन् । बाँकीका मुद्दाहरूमा पत्रकारहरूलाई एक दिनको लागि थुनिएको र एकको भने मृत्यु पनि भएको उनको भनाई छ ।
लुत्फीले बुधबार एक पत्रकार सम्मेलनमा हिंसाका अधिकांश घटनाहरू तलिबानी सदस्यहरूले गरेका बताएको छ । त्यस्तै ३ हिंसात्मक घटना अज्ञात व्यक्तिहरूले गरेका थिए।
तालिबान शासकहरूले आफ्नो शासनलाई औपचारिक रूपमा मान्यता दिन नचाहेको अन्तर्राष्ट्रिय समुदायसँगको कूटनीतिक खोल्ने प्रयास गर्दा यो रिपोर्ट आएको हो।
तालिबान शासकहरूको कूटनीतिक सम्बन्ध खोल्ने प्रयास गर्दा यो रिपोर्ट आएको समाचार संस्था एपीले जनाएको छ । अन्तर्राष्ट्रिय समुदायले तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिन अझै पनि हिचकिचाइरहेको एपीले उल्लेख गरेको छ । उनीहरूले सबैको सुरक्षाको वाचा गर्दै आफूलाई जिम्मेवार शासकको रूपमा स्थापित गर्न खोजिरहेका छन् ।
तालिबानका सूचना मन्त्री तथा प्रवक्ता जबिहुल्लाह मुजाहिदले पत्रकारहरूमाथि हुने हिंसाका घटनाहरूबारे आफु जानकार रहेको बताउदै दोषीहरूलाई कारबाही गर्नका लागि अनुसन्धान भइरहेको एपीलाई बताएको छ ।
उनले अफगानिस्तानको नयाँ अध्याय र आफ्नो साथीहरूको अव्यवसायिकताले यो निम्त्याएको भन्दै छिट्टै समस्या समाधान हुने वाचा समेत गरेको छ ।
अक्टोबरको सुरुमा पूर्वी नान्गाहार प्रान्तमा पत्रकार सैयद मारुफ सादात सहित उनका भाइ र दुई तालिबान सदस्यहरू मारिएकामा भने आइएसआइएल (ISIS) समूहले जिम्मेवारी लिएको थियो । अगस्टको अन्त्यमा अमेरिकी सेना फिर्ता भएयता अफगानिस्तानमा सादतसहित तीन पत्रकार मारिएका छन् । राहा न्युज एजेन्सीका रिपोर्टर अलिरेजा अहमदी र जहाँ-ए-सेहत टिभी च्यानलकी एन्कर नजमा सादेकीको काबुल एयरपोर्टमा भएको आत्मघाती हमलामा मृत्यु भएको थियो ।
पत्रकारका लागि अफगानिस्तान लामो समयदेखि खतरनाक सावित भैरहेको छ । पत्रकार पत्रकार संरक्षण समितिले सेप्टेम्बरको सुरुमा सन् २००१ देखि ५३ जना पत्रकार मारिएका बताएको थियो । जसमा सन् २०१८ पछि मात्र ३३ जना पत्रकार मारिएका छन् ।
जुलाईमा, रोयटर्स समाचार एजेन्सीका पुलित्जर पुरस्कार विजेता फोटोग्राफर तालिबान र अफगान सुरक्षा बलहरू बीचको झडप कभर गर्दा मारिएका थिए । त्यस्तै सन् २०१४ मा, तालिबान बन्दुकधारीहरूले मारिएका नौ जनामध्ये फ्रान्स-प्रेस समाचार एजेन्सीका पत्रकार, उनकी श्रीमती र दुई छोराछोरीहरू काबुलको एक होटलमा खाना खाने क्रममा मरिएका थिए । तस्बिर :एपी