राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको तयारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०२ पटक पढिएको

सरकारले आगामी दुई महिनामा नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभागको राष्ट्रिय प्रणालीमा दर्ता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्ने तयारी भएको जानकारी दिएको हो ।

विभागले हालसम्म विभिन्न जिल्ला गरी ३५ लाख बढीको विवरण संकलन भएको जनाएको छ । नयाँ कार्डमा क्यूआर कोड फिचर सहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने विभागको भनाई छ ।

राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुने बताईएको छ । नागिरकतामा हुने व्यक्तिको जनसांख्यिक  विवरणबाहेक त्यसमा अनुहार (फोटो), दशओटै औंलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिने भएको छ । 

यसका लागि फ्रान्सेली कम्पनी आईडीमियाले स्मार्ट कार्ड छपाइको प्रक्रिया सुरु गर्न लागेको जनाइएको छ ।यसअघि पनि राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्टको जिम्मा आईडीमियालाईनै दिइएको थियो । सो परियोजनाअन्तर्गत एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित