छ दशकपछि क्युबामा कम्युनिष्ट सरकार विरुद्ध प्रदर्शन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९० पटक पढिएको

क्युबाली नागरिकहरु लगभग छ दशक पछि कम्युनिष्ट सरकारको विरुद्धमा सडकमा उत्रिएका छन् । खराब जीवनको अवस्था र आधारभूत वस्तु तथा सेवाको अभाव र कोरोना भाइरसको बढ्दो संख्याका कारणले गर्दा नागरिकहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न बाध्य भएका हुन् ।

जुलाई ११ मा पश्चिमी शहर सान एन्टोनियो डे लस बाओसमा हजारौं जनताले ६२ वर्ष पुरानो कम्युनिष्ट शासनको अन्त्यको लागि आह्वान गर्दै विरोध प्रदर्शन गरेका हुन् । राजधानी हवाना सहित यो प्रदर्शन ४० वटा शहरमा भईरहेका छन् ।

राष्ट्रपति मिगुएल डाज क्यानेलले तुरुन्तै देशभर सुरक्षा बल खटाएका थिए । उनको सरकारद्वारा सञ्चालित फोन नेटवर्क र इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो ।
राजधानी हवानामा राज्य संयन्त्रबाट कम्युनिष्ट सरकारका लडाकुहरुलाई सशस्त्र सहित तैनाथ गरिएको थियो । केही प्रदर्शनकारीहरुलाई हमला पनि गरिएको थियो र १०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राऊ पनि गरिएको थियो ।

हवानाको नजिकको शहरमा प्रदर्शनकारीहरुको एउटा समूहले पुलिस स्टेशनमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको भनेर गृह मन्त्रालयले जानकारी दिएको छ । उक्त घटनामा प्रहरी अधिकारी लगायत धेरै व्यक्ति घाइते भएको बताइएको छ ।

सोर्स – वाल स्ट्रिट जर्नल

फोटो सोर्स – बिबिसि

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित