विवाह गर्दै अभिनेता बुद्धि तामाङ

  • वर्ल्ड दैनिक
  • ६ दिन अघि
  • २५ पटक पढिएको
विवाह गर्दै अभिनेता बुद्धि तामाङ

काठमाडौं । अभिनेता बुद्धि तामाङले भोलि शुक्रबार लगनगाठो कस्ने भएका छन्। उनले मकवानपुरकी अनु थिङसँग (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । अनुसँग उनले मागी विवाह गर्न लागेका हुन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

यस्तै साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चर्चित भएका थिए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित