‘कानको जाली फुटाउँछु’ भनेर पत्रकार धम्क्याउने निर्देशक थापाले माफी मागे

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४२ पटक पढिएको
‘कानको जाली फुटाउँछु’ भनेर पत्रकार धम्क्याउने निर्देशक थापाले माफी मागे

काठमाडौँ। समाचार लेखेकै भरमा पत्रकारलाई ‘कानको जाली फुटाउने’ भन्दै धम्की दिने निर्देशक सुदर्शन थापाले माफी मागेका छन् । उनले चलचित्र पत्रकार सुजन श्रेष्ठले ‘सम्हालिन्छ कहिले मन : टिकट फ्रि हुँदा पनि हल सुनसान’ शीर्षकमा सामाचार खेलेपछि ‘कानको जाली फुटाउँछु’ भनेर दिएपछि उनी विवादमा तानिएका थिए।

चलचित्र पत्रकार सुजन श्रेष्ठले ‘सम्हालिन्छ कहिले मन : टिकट फ्रि हुँदा पनि हल सुनसान’ शीर्षकमा सामाचार खेलेपछि दिर्नेशक थापाले पत्रकार श्रेष्ठलाई फोनमा ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए। उक्त विषयलाई लिएर श्रेष्ठले थापाविरुद्ध बिहीबार महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन्। उक्त विषय महानगरीय प्रहरी परिसर टेकुले गौशाला प्रहरी वृत्तमा पठाएको थियो।

शुक्रबार प्रहरी वृत्त गौशालामा सुदर्शनले पत्रकार सुजन श्रेष्ठसँग आफ्नो गल्ती स्वीकार गरेर माफी मागेका हुन्। त्यस धम्कीको अडियोसमेत सार्वजनिक भएको थियो। बिहीबार सुजनले आफूलाई मानसिक रूपमा दबाब महसुस भएको भन्दै उजुरी दिएका थिए। ‘गौशाला प्रहरी वृत्तमा आज मेलमिलाप भएको छ । उहाँले गल्ती स्वीकार गर्नुभएको छ । अब मुद्दालाई अगाडि नबढाउने समहति भएको छ,’ सुजनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित