आजबाट १५ औं दरबारमार्ग महोत्सव सुरू

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४२६ पटक पढिएको

आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन तथा कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित आज शनिबारबाट दरबारमार्ग महोत्सव सुरू भएको छ । आजदेखि सुरु भएको १५ औं दरबारमार्ग महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त महोत्सवको सम्पूर्ण तयारी भईसकेको छ । आयोजक नेपाल उद्योग वाणिज्य महासंघका अनुसार महोत्सवको मूल नारा सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको छ । महोत्सवमा गीत संगीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछ।

साथै महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु हुने भएका छन्। महोत्सव बेलुका ८ः १५ बजेसम्म आयोजना गरिने महासंघले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित