काठमाण्डूमा क्रिसमसको चहलपहल (तस्बिर सहित)

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४१ पटक पढिएको

तस्बिर : रेबस कार्की

इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट(जिसस क्राइस्ट) जन्मेको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि ‘क्रिसमस डे’ मनाइँदैछ । सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको हो ।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । क्रिसमसका अवसरमा नाच्ने, गाउने, खाने र मनोरञ्जन गर्ने क्रम भव्य रूपमा बढ्दै गएको छ । युवाले उल्लेख्य रूपमा चासो देखाउने गरेका छन् ।

""

क्रिसमसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

""

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले  जनाएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ ।

""

पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’लाई रङ्गीचङ्गी बत्तीले सिँगारिन्छ । कृत्रिम तथा प्राकृतिक स–साना रुखलाई सजाएर मनाइने क्रिसमसमा बत्ती र कला अनिवार्यजस्तै हुन्छ ।

""

विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गर्ने गरिएको पाईन्छ । गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

""

हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ ।

""

""

""

""

""

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित