इजरायलको तेल अभिभ बन्यो विश्वकै सबभन्दा महँगो सहर

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३०१ पटक पढिएको

 

इजरायलको तेल अभिभ विश्वकै सबभन्दा महँगो सहर बनेको छ । इकोनमिस्ट इन्टेलिजन्स यूनिट (ईआईयू) द्वारा प्रकाशित वार्षिक सर्वेक्षणमा तेल अभिभ विश्वकै सबभन्दा महँगो सहर बनेको हो । 

उक्त सर्वेक्षणमा तेल अभिभ पहिलो स्थानमा पुगेको यो पहिलो पटक हो ।  तेल अभिभमा करिब १० प्रतिशत वस्तुको स्थानीय मूल्य व्यापक रूपमा बढेको पाइएको छ । तीमध्ये सबैभन्दा व्यापक वृद्धि खुद्रा सामानमा देखिएको छ । गत वर्ष उक्त सहर पाँचौँ स्थानमा थियो ।

सर्वेक्षणले मदिरा र यातायातका लागि तेल अभिभ दोस्रो सबैभन्दा महँगो सहर, व्यक्तिगत प्रयोग र सौन्दर्य प्रसाधनका सामानका लागि पाँचौँ र मनोरञ्जनका लागि छैटौँ महँगो सहर भएको जनाएको छ । गत वर्ष प्यारिस, जुरिच र हङ्‌कङ ईआईयूले गरेको सर्वेक्षणको प्रथम स्थानमा थिए ।

सर्वेक्षणअनुसार सबैभन्दा महँगा सहरको सूचीमा प्यारिस र सिङ्गापुर संयुक्त रूपमा दोस्रो स्थानमा छन् । त्यसैगरी आन्तरिक युद्धले क्षतविक्षत सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहरका रूपमा सूचीकृत भएको छ। यी तेल अभिभ र दमास्कस केवल २०० को दूरीमा मात्र टाढा छन् ।

बढ्दो मुद्रास्फीति दर अनि आपूर्ति प्रणालीमा आएका समस्याका कारण सहरी क्षेत्रमा बसाइको खर्च झन्‌झन् बढ्दै गएको बीबीसीले जनाएको छ । संसारभरिका १७० वटा सहरमा उपलब्ध वस्तु तथा सेवाका मूल्य अमेरिकी डलरमा तुलना गरेर वर्ल्डवाइड कस्ट अफ लिभिङ इन्डेक्स सूचीकृत गरिन्छ ।

ईआईयूका अनुसार अगस्ट र सेप्टेम्बर महिनामा सङ्कलन गरिएको तथ्याङ्कअनुसार स्थानीय मुद्रामा औसत मूल्य ३.५ प्रतिशत वृद्धि देखिएको छ।  बीबीसीका अनुसार  पछिल्लो पाँच वर्षमा यो सबैभन्दा तीव्र गतिमा बढेको मुद्रास्फीति दर हो ।

अध्ययन गरिएका सहरमा एक लिटर पेट्रोलको मूल्य औसतमा २१ प्रतिशतसम्म बढेकाले सबैभन्दा बढी मूल्य वृद्धि यातायात खर्चमा देखिएको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित