मानसिक तनावका बारेमा रोटोर्याक्टको भर्चुअल छलफल

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१५ पटक पढिएको

मानसिक स्वास्थ्य प्रवर्धनका लागि रोटोर्याक्ट क्लब अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान) ले हिजो मिति २०७८/०४/१६ गते मानसिक स्वास्थ्य चेतना कार्यक्रमको आयोजना गरेको थियो । ओ प्रेसियश सोल यु म्याटर भोल. ३ नामक कार्यक्रम आयोजना गरिएको थियो । करीब ३५ जना सहभागी भएको उक्त कार्यक्रम जुम मार्पmत् आयोजना गरिएको थियो भने टिपिओ नेपालबाट मानसिक परामर्शदाता सबिना महर्जनले सहजीकरण गरेकी थिईन् ।

महर्जनले चिन्ता, डर, तनाव, सामाजिक अन्धविश्वास लगायत विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरुका बारेमा चर्चा गर्दै कसरी लड्ने भन्ने बारेमा विस्तृत रुपमा चर्चा गरेकी थिईन् । “आजको युवाहरुमा विशेषतः पहिल्लो लकडाउन पछी विभिन्न मानसिक समस्या देखिन थालेको छ, यस्ता लक्षणहरु दुइहप्ता भन्दा बढी देखिए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्छ ।”

यसैगरी कार्यक्रममा आप्mनो चिन्ता, समस्या बाँड्नका लागि रोटोर्याक्ट रेशू प्रधान र रोटोर्याक्ट प्रजल तुलसी पनि उपस्थित थिए । साथै रोटोर्याक्ट सदीक्षा कार्कीले मानसिक स्वास्थ्य सम्बन्धी कविता वाचन गर्नुभएको थियो भने गायक एस टि मिन विष्टले सांगीतिक प्रस्तुतिको साथ सकारात्क महोल निर्माण गरेका थिए ।

कार्यक्रमका संयोजक रोटोर्याक्ट सदीक्षा कार्कीका अनुसार क्लबले मानसिक स्वास्थ्य विषयमा पहिले देखि नै कार्यक्रम गर्दै आइरेहेको र भविष्यमा पनि आत्महत्या रोकथाम लगायत मानसिक तानवका विषयमा कम चर्चा गरिएका पाटोमा थप जनचेतनामूलक कार्यक्रम आयोजना हुनेछन् भन्ने जानकारी दिइन् । कार्यक्रम निकै नै सूचनात्मक र मनोरञ्जनात्मक रहेको र मानसिक स्वास्थ्यका बारेमा धेरै ज्ञानमुलक कुरा सिक्न पाएको कुरा सामाजिक सेवा निर्देशक रोटोर्याक्टर रमेश देवकोटाले बताएका थिए ।

""

""

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित