राष्ट्रपतिविरुद्ध सत्तारुढ निकट विद्यार्थी संगठनको प्रदर्शन (फोटो फिचर)

  • वर्ल्ड दैनिक
  • ६ दिन अघि
  • ३३ पटक पढिएको
राष्ट्रपतिविरुद्ध सत्तारुढ निकट विद्यार्थी संगठनको प्रदर्शन (फोटो फिचर)

काठमाडौं। दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि सत्तारुढ दलनिकट विद्यार्थी संगठनले संविधान नै मिचेको आरोप लगाउँदै राष्ट्रपतिविरुद्ध आन्दोलन गरेका छन्।

यस्तै, बुधबार एमाले भातृ संगठनले विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति भण्डारीको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपतिको पुतला जलाउँदै सडकमा उत्रिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित