राष्ट्रपतिको कदमविरुद्ध पुतला जलाउँदै अखिल क्रान्तिकारी प्रदर्शनमा

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३० पटक पढिएको
राष्ट्रपतिको कदमविरुद्ध पुतला जलाउँदै अखिल क्रान्तिकारी प्रदर्शनमा

काठमाडौं । एमाले भातृ संगठनले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै राष्ट्रपतिको तस्वीर छातीमा टाँसेर खुसीयाली मनाइरहँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू भने राष्ट्रपति भण्डारीको पुतला जलाउँदै सडकमा उत्रिएको छ।

दुवै सदनले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा राष्ट्रपति भण्डारीको पुतला समेत जलाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित