स्थानीय तह निर्वाचनको तयारी लगभग सबै पुरा : निर्वाचन आयोग

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३४ पटक पढिएको

आउँदो शुक्रवार हुने स्थानीय तह निर्वाचनको तयारी लगभग सबै पुरा भएको निर्वाचन आयोगले जनाएको छ । देशका सबै जिल्लामा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको साथै उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ रहेको छ ।

आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण हुने भएको छ । नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो ।

त्यस्तै देशैभरि १० हजार ५०० भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

यसपालिको चुनावमा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित