स्थानीय निर्वाचनका लागि आजसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९६ पटक पढिएको

स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।

उनका अनुसार आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ । त्यस्तै हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको बताएका छन् । उनले आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको समेत बताए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित