एक लाख ४४ हजार ४१६ जना उम्मेदवारले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरे

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३५ पटक पढिएको

एक लाख ४४ हजार ४१६ जना उम्मेदवारले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्। निर्वाचन आयोगले अपरान्ह १२ :३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार ४७०, मधेसमा ३६ हजार ३७७, बागमतीमा २३ हजार९२६, गण्डकीमा १२ हजार ५४७, लुम्बिनीमा २२ हजार ७६६, कर्णालीमा १३ हजार १२६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार २०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

नगरपालिकाको प्रमुखमा ३ हजार ३७५ र उपप्रमुखमा २ हजार ३६४ ले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षमा ३ हजार ३३४, उपाध्यक्षमा २ हजार ३६४ र वडाध्यक्षमा ३३ हजार ७९७ ले मनोयन दर्ता गराएका छन् । २४ हजार ७९२ महिला सदस्य, २२ हजार ४४० महिला दलित सदस्य र ५२ हजार २४५ सदस्यको मनोनयन दर्ता भएको छ । 

उत्साहका साथ आइतबार र सोमबार देशभरका स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भएको छ । ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य र १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २ सय २१ सदस्यका लागि वैशाख ३० गते निर्वाचन हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित