सत्तारुढ गठबन्धनले धादिङको स्थानीय तहमा भागबन्डा टुंग्यायो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०७ पटक पढिएको

धादिङ जिल्लाका स्थानीय तहमा  प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले भागबण्डाको टुंगो लगाएको छ । गठबन्धनले आइतबार धादिङका स्थानीय तहका प्रमुख र उपप्रमुखमा भागबन्डा टुंग्याएको हो ।  

धादिङ जिल्लामा २ नगरपालिका सहित १३ वटा स्थानीय तह रहेका छन् । जसमा काँग्रेसले ७ स्थानीय तहको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने भएको छ भने ३ वटामा माओवादी केन्द्र र  ३ वटा समाजवादीका साझा उम्मेदवार बन्ने भएका छन् ।

थाक्रे गाउँपालिकाको हकमा भने जिल्ला संयन्त्रले टुंगो लगाउने सहमति भएको छ ।   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित