स्थानीय तहको निर्वाचनका लागि आयोगले स्थापना गर्‍यो कल सेन्टर

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०८ पटक पढिएको

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टर आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

निर्वाचन सम्बन्धमा मतदाता र सरोकारवालाका गुनासो र जिज्ञासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

आयोगले सेवाग्राहीको हितलाई ध्यानमा राखी यसपटक चार अंकको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो । कल सेन्टरमा नौ जना जनशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लिएर सेवाग्राहीमा पनि उत्सुकता बढेको छ ।

नि:शुल्क टोल फ्री नम्बर ११०२ कल सेन्टरको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सेवाग्राहीले उठाएका जिज्ञासालाई सम्बोधन गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित