स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७३ पटक पढिएको

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ राजनितिक दल दर्ता भएका छन् । कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईका अनुसार निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको संगठनात्मक संरचना (जिल्ला समिति)बारे विवरण प्राप्त भएको छ।

विवरण दिएका सबै दलका प्रतिनिधिहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ भने दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उमेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त बाहेक १३ वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित