लमजुङमा स्थानीय तह निर्वाचनका लागि १२ दल दर्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३० पटक पढिएको

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ राजनितिक दल दर्ता भएका छन् । कार्यालयका अनुसार ५ ठूला दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिन्ह लिन विवरण बुझाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै दलका प्रतिनिधिहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ भने दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उमेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने भएको छ । राष्ट्रिय मान्यताप्राप्त बाहेक १२ वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने भएको छ ।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित