स्थानीय निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानमा रिमालको आपत्ति
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११२ पटक पढिएको
स्थानीय निर्वाचनमा उम्मेदवार बन्न वर्तमान जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रावधानप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा वर्तमान जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउन चाहेमा पहिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ ।
यस प्रावधानमा आपत्ति जनाउँदै एमालेका उपमहासचिव विष्णु रिमालले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले चुनाव लड्दा किन पद छाड्नुपर्दैन ?
उनले चुनावमा जाँदा पदको दुरुपयोग नगर्ने सोच्नुपर्ने ठिक भएको तर त्यसैका कारण काम रोक्नु उचित नहुने बताए । सेवामा बाधा नपर्ने गरी कार्यकाल सकिन दुई महिना अगावै निर्वाचन गराउनु पर्ने रिमालको प्रश्न छ ।
आयोगले जारी गरेको आचारसंहिताको धारा ३६, अनुच्छेद ९ मा भनिएको छ, “स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान वा सुविधा प्राप्त गर्ने निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार दर्ता गर्नुपर्नेछ । ”