दार्चुलाको जाडो : स्थानीय वासिन्दा भन्दा प्रहरीलाई बढी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६४ पटक पढिएको

 

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेका नेपाल प्रहरी कात्तिक पहिलो सातानै छांगरु झरेका छन् । स्थानीयवासीहरु चिसो छल्न अन्यत्र नजाँदै प्रहरीहरु छांगरु झरेका हुन् ।

कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिमपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।

हिमपातका कारण अत्यधिक जाडो बढेर पानी समेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको राससले जनाएको छ । त्यहाँका स्थानीयवासी भने आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइँ (कुञ्चा)सर्ने तयारी भएको व्याँस गाउँपालिकाले जनाएको छ । 

तिंकरमा रहेका प्रहरी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन् ।  चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधा सम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन्। 

छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म स्थापना छ । यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउने बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित