अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
- वर्ल्ड दैनिक
- १० महिना अघि
- २६७ पटक पढिएको

दाङको राप्ती गाउँपालिका-१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३७ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिशाल थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस