वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १९९ पटक पढिएको

वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको आजको बैठकमा यही फागुन २९ गते र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीनवटा विधेयकमाथि छलफल हुनेछ ।

बैठकले प्रादेशिक ऐन, प्रादेशिक विपद् व्यवस्थापन ऐन २०७५, प्रादेशिक सञ्चार व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्ने विधेयक र प्रदेशको गठन, स्थापना, काम, कर्तव्य र अधिकारको व्यवस्थापनसम्बन्धी विधेयक पारित गरेको सचिव खड्काले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विधेयक स्वीकृतिका लागि पेश गर्नेछन् । वाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेका छन् । जसमा नेकपा (एमाले)बाट ४३, नेकपा (माओवादी केन्द्र)बाट २३, नेपाली काँग्रेसबाट २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाबाट तीन, नेकपाका दुई, राप्रपाका दुई र जसपाका एक जना रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित