मृत्युपछि अंग दान गर्न स्वास्थ मन्त्री खतिवडाको आग्रह

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०८ पटक पढिएको

बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध  खतिवडाले मृत्युपश्चात अंग दान गर्न सबैलाई आग्रह गरेका हुन् । मृत्यू पश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने जति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे । 

उनले भने, ‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्ने जति सबैले पाउँछ । हामीले मृत्यू पश्चातको अंग दान पनि गर्न सक्छौँ । मृत्यु पश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित