धनगढीमा नेपाल प्रहरी विद्यालयको उदघाटन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६० पटक पढिएको

कैलालीको धनगढीमा भारत सरकारको आर्थिक सहयोगमा बनेको नेपाल प्रहरी विद्यालयको  उदघाटन भएको छ ।

भारतीय दूतावासका प्रथम सचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री  पूर्णा जोशीले संयुक्तरूपमा  विद्यालयको  उदघाटन गरेका हुन् ।

बुधबार आयोजना गरिएको उक्त्त समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूले उपस्थिति जनाएका थिए ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारतले  अघि सारेको परियोजना “ईन्डिया@७५ आजादीका अमृत महोत्सव” अन्तर्गत उक्त्त विद्यालय बनेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित