इन्जिनियरिङ परिषद्ले १८ जना इन्जिनियरको नाम दर्ता किताबबाट हटायो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५१ पटक पढिएको

 

दिलिप थापा 

नेपाल इन्जिनियरिङ परिषद्ले दर्ता किताबबाट १८ जना इन्जिनियरको नाम हटाएको छ । परिषद्ले विभिन्न उजुरीको आधारमा छानबिन गर्दा कैफियत देखिएपछि उनीहरुको नाम दर्ता किताबबाट हटाईएको रजिष्ट्रार इन्जिनियर शिवमंगल गिरीले बताएका छन् ।

परिषदको बैठकले विभिन्न समयमा दर्ता किताबबाट हटाउने निर्णय गरेकाहरुमध्ये १० जनाको लाईसेन्स पूर्ण रुपमा खारेज भएको र बाँकी ८ जनाको भने सर्वोच्चले परिषदको निर्णय कार्यन्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको छ । लाइसेन्स खारेज हुने इन्जिनियर सिभिल र जियोलोजी विधाका हुन् ।

परिषद्ले गत १५ गते जारि गरेको ऐन, २०५५ को दफा १८ को उपदफा (१) खण्ड (ग) र खण्ड (ङ) बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ ।

परिषद्को अनुसार ईन्जिनियरहरु शिवराम पोख्रेल, प्रकाश पुडासैनी, सनक श्रेष्ठ, पुष्पराज शर्मा, कृष्ण कुमार शाह , हितेश शिंह, पुजन कुमार खत्री , निपेश कोइराला, योगेन्द्र बम, शंकर शाहको पूर्ण रुपमा लाईसेन्स खारेज भएको छ । 

त्यसैगरी राधाकृष्ण मलिक, सत्य सुन्दर श्रेष्ठ, प्रेम बहादुर थापा, अचुत कोइराला, सुनिल प्रसाद प्रधान, कौस्तिभमणि नेपाल, पुरुषोत्तम राज जोशी, सुबास चन्द्र सुनुवारको भने सर्वोच्चको आदेश पछि मात्र कार्वान्यन हुने छ । 

ऐनको अधिकार अनुसार सबै प्रक्रिया पुर्याएर उनीहरुको नाम हटाईएको उनको भनाई छ । उनले भने, ” उनीहरु सबैलाई स्पष्टीकारणको मौका दिइएको र सबै कागजातहरु हेरे पछि पनि दोषी पाईएको छ ।” 

अब उक्त ८ जनाको चाहिँ फेरी कानूनी प्रक्रिया पुरा गरेर सर्वोच्चले सफाई दियो भने नाम राखिने उनले स्पष्ट पारेका छन् । त्यस्तै यदि सफाई पाएन भने स्वत खारेज भएको मानिने उनले बताएका छन् । उनले दर्ता किताबबाट हटाइएका व्यक्तिहरुले इन्जिनियरिङका कुनै पनि काम नपाउने पनि बताएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित