युएईको नयाँ फौजदारी संहिता

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४८९ पटक पढिएको

 

संयुक्त अरब इमिरेट्स (युएई) ले जनवरीदेखि लागू हुने गरि नयाँ फौजदारी संहिता ल्याएको छ । उक्त संहितालाई खाडी राज्यको इतिहासमा सबैभन्दा व्यापक कानूनी सुधार मानिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।  

राज्य समाचार एजेन्सी डब्ल्यूएएमले रिपोर्ट गरे अनुसार सरकारले यस वर्ष ४० वटा कानून संशोधन गरेको छ । यो कानूनलाई २ जनवरी, २०२२ देखि पूर्ण रुपमा लागु गरिने जनाएको छ । 

डब्ल्यूएएमको अनुसार कानून संशोधनको उद्देश्य लगानी, व्यापार र उद्योग, संरक्षण, कपिराइट, ट्रेडमार्क, ट्रस्ट सेवा र निवासहित विभिन्न क्षेत्रमा कानूनी संरचनालाई विकसित र स्थापित गर्नु हो । यसबाहेक सामाजिक स्तरमा सुधारका लागि पनि यो कानुनलाई महत्वपूर्ण मानिएको बताईएको छ । 

यसअन्तर्गत सामाजिक र व्यक्तिगत सुरक्षा, अपराध र सजाय, अनलाइन सुरक्षा र नशालु पदार्थको उत्पादन, बिक्रि र उपयोगलाई नियन्त्रित गर्ने कानुन ल्याइएको छ । नयाँ कानुनमा बलात्कारको सजाय पनि थप कडा पारिएको छ । नयाँ फेडरल क्राइम र समेन्ट ल अन्तर्गत बलात्कार वा सहमति बिना शारीरिक सम्बन्ध स्थापित गरेको आरोपका लागि आजीवन कारावासको प्रावधान छ । 

यो नयाँ कानुन अनुसार यदि पीडितको उमेर १८ वर्ष वा सोभन्दा कम वा अक्षम छ भने आरोपीको सजाय बढाएर मृत्युदण्ड पनि दिन सकिनेछ । त्यस्तै इमिरेट्स न्युज एजेन्सीको खबर अनुसार यो नयाँ  कानुन ‘ईयस अफ द ५०’ का बेला आएको हो र यसको उद्देश्य युएईको विकासका उपलब्धिसँग तालमेल मिलाउनु हो । साथै, भविष्यका योजनाका लागि पनि आधार दिनु हो ।

युएईको सरकारी मिडियाका अनुसार शेख खलिफा बिन जायद अल नाहयानले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई मञ्जुरी दिइसकेका छन् । कानुनमा परिवर्तन र नयाँ कानुनअन्तर्गत महिला वा घरेलु कामदारका लागि सुरक्षा बढाउने कोसिस गरिएको जनाएको छ । तस्बिर: रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित