इजाजतपत्र नलिएर पतञ्जलीले सञ्चालनमा ल्याए दुई वटा टेलिभिजन च्यानल
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २११ पटक पढिएको
भारतीय योगगुरू र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा सञ्चालनमा ल्याएका दुई टेलिभिजन च्यानलले प्रसारणका लागि इजाजतपत्र नलिएको खुलेको छ । नेपालमा कुनै पनि टेलिभिजन च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । तर, यी दुबै विभागमा दर्ता नगरिएका पाईएको हो ।

छन् । ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामका दुई टेलिभिजन च्यानल रामदेवको लगानी गरेको भारत हरिद्वारको पतञ्जली आयुर्वेदले सञ्चालनमा ल्याएको हो । उक्त च्यानल दर्ताका लागि निवेदनसमेत नआएको विभागले जनाएको छ । इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नुलाई गैरकानूनी मानिन्छ ।
यी दुबै च्यानल उद्घाटन भएको खबर भारतीय सञ्चारमाध्यमले महत्व दिएर छापेका छन् । दि इन्डियन एक्सप्रेस दैनिकले यी दुई च्यानल सञ्चालनमा दस हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने समाचारमा प्रकाशन गरेको छ । कानूनी प्रक्रिया पुरा नगरी पतञ्जलीले लगानी गरेको दुई वटा टेलिभिजन सञ्चालनमा ल्याएको र उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहित विशिष्ट राजनीतिज्ञको सहभागिता हुनुमा मानिसहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेपालमा अहिले दुई च्यानल सञ्चालनमा ल्याएर पतञ्जलीले आफ्नो व्यापार प्रबद्र्धन गर्न खोजेको टिप्पणीहरु आईरहेका छन् ।
राष्ट्रिय प्रशारण ऐन, २०४९ को दफा ४ अनुसार कसैले पनि इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रशारण गर्न पाउँदैन । दफा ५ मा नेपालभित्रको कुनै ठाउँमा स्याटेलाइट, केबुल वा अन्य सञ्चारमाध्यमद्वारा कुनै कार्यक्रमको प्रशारण गर्न वा फ्रिक्वेन्सी मोडुलेशन प्रशारण प्रणालीको स्थापना गरी प्रशारण गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा नेपाल सरकारसमक्षम निवेदन दिनुपर्ने हुन्छ ।
त्यस्तै दफा १७ मा कसैले पनि प्रशारण संस्थाको इजाजतपत्र नलिई र स्वीकृति नलिई कुनै कार्यक्रम प्रशारण गरे गराएमा त्यस्तो व्यक्तिलाई तोकिएको अधिकारीको आदेशबाट इजाजतपत्र तथा अनुमतिपत्र दस्तुर र कानून बमोजिम लाग्ने शुल्क असुल गरी उक्त दस्तुर र शुल्क बराबरको रकम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसामा संचारमाध्यम पनि रहेको छ । जसको बुदाँ नम्बर ७ मा आमसञ्चारका माध्यममा पत्रपत्रिका, रेडियो, टेलिभिजन, र अनलाइन समाचारको व्यवसाय तथा राष्ट्र भाषको चलचित्र व्यवसाय विदेशी लगानीबाट सञ्चालन गर्न नपाइने उल्लेख छ ।
मण्डिखाटारस्थित पतञ्जली योगपीठको आश्रममा शुक्रबार यी दुई टेलिभिजन च्यानल उद्घाटनमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाण, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि, कृष्ण सिटौला, चित्रलेखा यादव र सुजाता कोइरालासम्म जम्मा भएका थिए ।
तस्बिरः रासस