कर्मचारीलाई फोन गर्न वा सन्देश पठाउन प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २८८ पटक पढिएको

 

पोर्चुगल सरकारले कार्यालय समय (वर्किङ–आवर) भन्दा बाहेकको समयमा कर्मचारीलाई फोन गर्न वा सन्देश पठाउन प्रतिबन्ध लगाएको छ । कर्मचारीको ‘आराम गर्ने अधिकार’ को ख्याल राख्दै यस्तो कानून ल्याइएको पोर्चुगलकाे सत्तासिन समाजवादी पार्टीले जनाएको छ। 

समाजवादी पार्टी (पोर्चुगल) ले जनाएअनुसार यो व्यवस्था डिजिटल क्षेत्रमा काम गर्ने (डिजिटल नोम्याड वा रिमोट वर्कर)हरूलाई लक्षित गरेर बनाईएको हो । 

त्यहाँका हाकिमहरूले अब आफ्ना कर्मचारीलाई निश्चित कार्यालय समय भन्दा बाहिर इमेल गर्न पाउने छैनन् ।  जागिर र जिन्दगीको सन्तुलन कायम राख्न यस्तो व्यवस्था लागू गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार १० भन्दा बढी कर्मचारी संख्या भएका संस्थाले आफ्ना कर्मचारीलाई करार-पत्रमा उल्लेख गरिएभन्दा बाहेकको समयमा फोन गरेमा वा ईमेल पठाएमा जरिवाना लाग्ने छ ।

यस्तै आठ वर्षभन्दा कम उमेरका छोराछोरी भएका अभिभावकले घरबाटै वा कार्यालय नगइकन काम गर्न पाउने सुविधा दिइएको छ। यसका लागि कार्यालयसँग अनुमति लिइरहनु पर्दैन ।

कामदारको हितसँग जोडिएका यस्ता कानूनमध्ये केही चाहिँ पोर्चुगलको संसद्ले अनुमोदन गरेको छैन । जस्तो– ‘राइट टु डिस्कनेक्ट’ (अलग्गिने अधिकार) लाई संसद्ले शुक्रबारको सभामा अनुमोदन गरेन । यसमा कर्मचारीले कार्यालय समयअघि र पछि सबै डिभाइस अफ गरेर बस्न पाउने नियम थियो।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित