आज पनि वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश जबरा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५१३ पटक पढिएको

 

कानून व्यवसायीहरू मुख्य गेटमा धर्नामा बसेका बेला वैकल्पिक बाटोबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । नेपाल बार एसोसिएसनसँगै रहेको सर्वोच्चको अर्को गेटबाट उनी अदालत प्रवेश गरेका हुन् ।

उक्त गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । प्रधानन्यायाधीश जबराले आइतबार आफूबाहेक ८ वटा इजलास पनि तोकेका छन् । उनले न्यायाधीश प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको नेतृत्वमा दुईवटा एकल इजलास गठन गरेका छन् भने अन्य संयुक्त इजलास हुन् ।

शुक्रबार पनि बारले सर्वोच्चको मुख्य गेट अगाडि धर्ना दिएको बेला जबराले महान्यायधीवक्ताको कार्यालयसँगै रहेको गेट प्रयोग गरेर अदालत छिरेका थिए । 

सर्वोच्च परिसरमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक र स्पिकर खोसेर शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेका थिए । अध्यक्ष श्रेष्ठले न्याय किनबेचको वस्तु नभएको तर प्रधानन्यायाधीशले न्यायलयलाई कमाइ हुने स्थान बनाएको बताएका थिए । प्रधानन्यायाधीशले न्यायालय प्रवेश गर्ने अधिकार गुमाइसकेको समेत उनको भनाई थियो । 

उनले प्रधानन्यायाधीशले न्यायपालिकालाई विचौलियाको अखडा बनाएको बताउँदै गर्दा प्रहरीले माइक तथा स्पिकर कब्जामा लिने प्रयास गरेको थियो । वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि युवाहरुले प्रधानन्यायाधीश जबराको पक्षमा पनि नाराबाजी गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित